जापानिज इन्सेफलाइटिसका कारण मकवानपुरमा तीन जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र २०, सोमबार ०८:२५ गते

हेटौंडा । जापानिज इन्सेफलाइटिसका कारण मकवानपुर जिल्लामा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं ३ बसामाडी र बकैया गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । साउन र भदौं महिनामा १२ जना जापानिज इन्सेफलाइटिसका शंकास्पद विरामी फेला परेका थिए । जसमध्ये ४ जनामा जापानिज इन्सेफलाइटिस देखा परेको थियो । जापानिज इन्सेफलाइटिस पोजेटिभ देखिएका ४ जना मध्ये ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका जानकारी दिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*