हेटौंडा सिमेन्ट सँग माग्यो राप्रपाले २ वर्षको अडिट रिपोर्ट

हेटौंडा टुडे
२० भाद्र २०७९, सोमबार ०८:३२

हेटौंडा  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति मकवानपुरको उद्योग विभागले हेटौंडा –९ स्थित हेटौंडा सिमेन्ट उद्योगसँग विभिन्न सूचना माग गरेको छ ।
आइतबार उद्योगका सूचना अधिकृतलाई निवेदन पेश गर्दै उद्योग विभागले विभिन्न ३ सूचना माग गरेको हो । उद्योग विभाग प्रमुख सम्राट सिंहको हस्ताक्षर सहितको निवेदन पेश गर्दै सात दिन भित्र उद्योगको दुई वर्षको अडिट रिपोर्ट, उद्योग बन्द हुनुको कारण र वेबसाइटको बारेमा सूचना उपलब्ध गराउन माग गरिएको हो ।

नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ बमोजिम सूचना माग गरिएको उद्योग विभाग प्रमुख सिंहले जानकारी दिए । राप्रपा मकवानपुरका वरिष्ठ जिल्ला उपाध्यक्ष राजन मैनाली, जिल्ला प्रवक्ता आयुष डोटेल, जिल्ला सहसचिव लक्ष्मण सापकोटा, सह–कोषाध्यक्ष सन्दीप सापकोटा, जिल्ला सदस्य दीपेन्द्र दुलाल, विद्यार्थी संगठनका अध्यक्ष प्रकाश चौलागाईँ, उपाध्यक्ष आशिष चौलागाईँ लगायतको टोलीले निवदेन पेश गर्दै सूचना माग गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*