प्राबिधिक शिक्षाको बिकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री कुमारी मोक्तान

हेटौंडा टुडे
२४ भाद्र २०७९, शुक्रबार १२:१७

हेटौडा । बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्राबिधिक शिक्षाको बिकास गर्नको लागि प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । मन्त्री मोक्तानले बिहीवार धादिङको गजुरीमा रहेको प्राबिधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद्  सिटिभिटिले कृषि तथा बाली बिज्ञान विषयको अध्ययनको लागि निर्माण गरेको ग्रीन हाउस उद्घाटनका क्रममा प्राबिधिक शिक्षाले स्वरोजगार हुन सहयोग गर्ने भएको हुँदा प्रदेश सरकारले प्राबिधिक शिक्षालाई जोड दिने बताउनुभयो ।

तेस्तै मन्त्री मोक्तानले बिहिबार नै बागमती प्रदेश सरकारको सहयोगबाट संचालन भएको शंखादेबी आवाशिय माबि मझिमटारको अनुगमन तथा निरिक्षण गर्नुभएको थियो । मन्त्री मोक्तानले धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमामा सहभागी भइ सामाजिक बिकास मन्त्रालयको सहयोगमा निर्माण भएको आदर्श बहुमुखी क्याम्पसको अनुगमन, निरीक्षण गरी पुर्वाधार बिकास संगै गुणस्तर सुधार गर्न सुझाब दिनुभयो ।

आजै मन्त्री मोक्तानले सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीको अनुगमन, निरीक्षण सहित प्रभावकारी ढंगले कार्य गर्न सुझाव दिनुभयो । मन्त्री संलग्न कार्यक्रमहरुमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीका प्रमुख दिपेन्द्र सुबेदी, गजुरी गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*