जागरणको २४ औं साधारण सभा सम्पन्न: १७ करोड ३९ लाख कारोबार

हेटौंडा टुडे
२५ भाद्र २०७९, शनिबार २०:३१

हेटौंडा ।   जागरण बचत तथा ऋण सहकारी संस्था मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ को २४ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाले आव २०७८र७९ मा १७ करोड ३९ लाख ६ हजार ३३८ रुपैंया बराबरको कारोबार गरेको छ । सहकारीमा १ करोड ७९ लाख ९ हजार आठ सय शेयर पुजीँ रहेको सहकारीमा १३ करोड ७२ लाख ३६ हजार ९५८ रुपैयाँ बचत निक्षेप रहेको छ ।

संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मकवानपुरगढि गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, जिल्ला बचत संघका उपाध्यक्ष मिना चौरेल, वडा नम्बर ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा सदस्य सुमित्रा लामिछाने, राष्ट्रिय सहकारी बैंकका वेदप्रसाद तिमल्सिना, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन दाहाल, लगायत विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिभिन्न बिधाका सेर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा उत्कृष्ठ बाल बचतकर्ता तर्फ क्रिस चुनिमगर, प्रायोजना घिमिरे, अभिषेक राइ र रितिका सापकोटालाई पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ठ ऋणी अप्सरा स्याङ्तान, प्रभात सापकोटा, सोममाया पाख्रीन र राजेशकुमार जि एमलाई पुरस्कृत गरिएको थियो । साथ साथै उत्कृष्ठ नियमित बचततर्फ नुनराम आचार्य, कमला धिताल, लक्ष्मीमाया गोले र पुरुषोत्तम गौतमलाई पुरस्कृत गरिएको थियो साथै उत्कृष्ठ शेयर खरिदकर्ता अमृता गजुरेल र रामकुमार राई र शेयर सदस्य वृद्धिका लागि योगदान पुराए बापत विष्णु प्रसाद चौलागाईलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*