हेटौंडामा डेंगूका कारण १३ वर्षिय बालकको मृत्यु

हेटौंडा टुडे
२६ भाद्र २०७९, आईतवार २०:५२

हेटौंडा । संक्रमणको रुपमा फैलिदै गएको डेंगू रोगको कारण हेटौंडामा १३ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ चौकीटोल निवासी १३ वर्षीय बालक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

त्यस्तै डेंगूका कारण ललितपुर जिल्लाको ग्वार्को निवासी ३६ वर्षीय एक पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ । मृतक दुबै जना काठमाडौँको ग्वार्कोस्थित अस्पतालमा केही दिनदेखि उपचाररत थिए ।

बागमती प्रदेशमा हालसम्म डेंगू संक्रमितको संख्या ८ हजार ९१७ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै संक्रमित ललितपुर जिल्लामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*