हेटौंडा । नेपाली कांग्रेस का नेता भीमसेन महतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयलाई लिएर अहिले भ्रम सृजना भईरहेको बताएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री तथा मन्त्रीहरुले २५ मिटर भत्किने सडकलाई १४ र १६ भनेर अफवाह फैलाएकाले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,ु महेन्द्र राजमार्गको क्षेत्रफल ५० मिटर हुने सडक ऐनले तोकेको छ, सडक बिस्तार रोक्न ऐन संशोधन गर्नु पर्छ । ऐन अनुसार नेपालको महेन्द्र राजमार्गले छोएको धेरै जसो ठाउँमा ५० मिटर सडक विस्तार गरिसकेको छ । त्यस कारण एउटै देशमा बस्ने नागरीकलाई ठाउँ अनुसार फरक फरक कानुन लागु हुने सम्भावना नै छैनु ।
केहीदिन अघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एक कार्यक्रममा हेटौंडाको सडक १६(१६ मिटर विस्तार गर्ने कुरामा प्रधानमन्त्री पनि सहमत हुनुहुन्छ भन्दै यसैलाई कायम गरिने बताएका थिए ।
ुमुख्यमन्त्रीले बोलेको कुरा कानुन विपरित भएको र भ्रम छर्ने कुरामात्र हो, कुनैपनि हालतमा २५ मिटर कायम भएरै छाड्ने भएकाले जनतामा झुट र भ्रम नफैलाउन आग्रह गर्दछुु, उनले भने ।
पहिले बाइपास सडक बनाएर त्यसलाई महेन्द्र राजमार्ग कायम गरेपछि एसियन हाइवेले नक्साङ्कन परिवर्तनलाई स्वीकार गरेमा मात्र हेटौंडामा २५ मिटरको विकल्प हुनसक्ने अन्यथा सम्भव नभएको उनको भनाइ छ । ुऐनलाई कुल्चेर १४ मिटर १६ मिटर कायम गर्ने भन्ने कुरा हावादारी गफ हुन्, यो सम्भव नै छैनु, उनको विज्ञप्तिमा उल्लेख छ ।
उनले उचित मुवाब्जा दिएर तोकिएको २५ मिटर विस्तार गर्न आग्रह गरेका छन् भने घरधनीलाई मुवाब्जा दावी गर्न अपिलसमेत गरेका छन् ।