मंगलबार दुर्घटनामा परेका हेटौंडा ५ का मैनालीको मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र ३०, बिहीबार २१:२९ गते

हेटौंडा । हेटौंडा- ५ शान्तिनगरमा मंगलबार मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा घाइते हेटौंडा ४ का एक युवकको मृत्यु भएको छ। मंगलबार अपरान्ह हेटौडा ५ शान्तिनगर स्थित भित्रि सडक खण्डमा शन्तिनगर तर्फबाट सहमील तर्फ जादै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक हेटौडा ४ बस्ने २८ बर्षीय अमृत मैनालीको मृत्यु भएको हो।

उनको उपचारको क्रममा बुधबार चितवन स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेलाई अचेत अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले उद्धार गरी हेटौडा अस्पताल पठाएकोमा हेटौंडामा उपचार सम्भव नभएपछि उनलाई मंगलबार मात्रै चितवन पठाइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*