म्यादी प्रहरीका लागि आज पहिलो दिन ३४९ जनाले दिए मकवानपुरमा आवेदन

हेटौडा टुडे
३० भाद्र २०७९, बिहीबार २१:३७

हेटौंडा ।  मकवानपुरमा म्यादी प्रहरीका लागि आज पहिलो दिन ३४९ जनाले आवदेन दर्ता गराएका छन् । जसमा २२७ जना पुरुष र १२२ जना महिला रहेका छन् ।इच्छुक व्यक्तिले आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । आवेदक दरखास्त फारम दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्नेछ ।

यसैगरी आतङ्ककारी संगठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ केजी भएको तथा गर्भवती नभएको हुनुनपर्नेछ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा आजबाट म्यादी प्रहरीको आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*