हेटौंडा अटोमार्टको शुभकामना आदनप्रदान सहित मोटरसाइकल र्याली

हेटौंडा टुडे
२०७९ आश्विन १३, बिहीबार १९:५७ गते

हेटौंडा । टिभिएस मोटरसाइकल बिक्रेता हेटौडा अटो मार्टले नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली, छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहक तथा स्थानीय बासिन्दालाई शुभकामना आदानप्रदान सहित मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।

बुधबार साँझ भएको र्याली अटो मार्टको सोरूम रानी दरबार देखि हेटौंडा बसपार्क हुँदै राप्ती रोड, बुद्ध चोक, चौकीटोल, नगरपालिका रोड, सानोपोखरा चोक, भैरब रोड, चिल्ड्रेन पार्क, पशुपति मन्दिर, पारिजात पथ, कान्तीराजपथ, मेन रोड हुँदै सोरुममा आएर टुङिएको थियो ।र्यालीमा ४० भन्दा बढी टिभिएस ब्राण्डका मोटरसाइकल, स्कुटर सहभागी भएको हेटौंडा अटो मार्टका संचालक प्रबेश राज बरुवालले बताउनुभयो ।

हाल हेटौंडा अटो मार्टले बिभिन्न चाडपर्ब अफरका साथ मोटरसाइकल र स्कुटर बिक्री बितरण गर्दै आएको छ ।मोटरसाइकल र्यालीमा जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक देबेन्द्र ढुङाना, अटो मार्टका प्रबन्ध निर्देशक कन्चन बुढाथोकी, डिएनके अटो मार्टका प्रबन्ध निर्देशक ध्रुबराज ढकाल लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*