प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी बिरुद्ध उजुरी

हेटौंडा टुडे
२०७९ आश्विन २४, सोमबार १९:३१ गते

हेटौँडा । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक, फरक मिति फेला परेको भन्दै उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका देउवा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो । नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध उजुरी परेको हो । सभापति देउवाकै क्षेत्रबाट उम्मेद्वार बन्नुभएका काँग्रेस विपिका कर्ण मल्लले उहाँ विरुद्ध उजुरी हालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*