मकवानपुरमा परेन कुनै पनि उम्मेदवारी माथि उजुरी

हेटौंडा टुडे
२०७९ आश्विन २४, सोमबार १९:४१ गते

हेटौँडा ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका मकवानपुरका कुनै पनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिृकतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन अन्तरगत आइतबार उम्मेदवारी दिएका उम्मेदवारमाथि सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि मकवानपुरमा एउटा पनि उजुरी नपरेको प्रतिनिधि सभा क्षेत्र नम्वर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मकवानपुरका दुई वटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्र गरी ६ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा प्रतिनिधि सभातर्फ २६ जना र प्रदेश सभातर्फ ४३ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।

प्रतिनिधि सभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्वर १ बाट २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्वर २ बाट एक जना स्वतन्त्रसहित १० जना गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी, प्रदेश सभा सदस्य पदमा मकवापुर क्षेत्र नम्वर १ ९क० मा ८ जना, १ ख मा १० जना र क्षेत्र नम्वर २ क मा १० जना र २ ख मा १५ जना गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*