हेटौडा । नेकपा एकीकृत समाजवादी पार्टीले १२ महिना (वर्षभरि) नै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रले नागरिकहरूलाई कर तिर्ने बानी बसाल्न व्यापक व्यक्तिगत करदाताहरुलाई दाखिला गरेको करका आधारमा स्वास्थ्य उपचार बीमा पनि गराउने घोषणा गरेको छ ।
आन्तरिक राजस्वबाट सरकारी खर्चको ८० प्रतिशतभन्दा बढी हिस्सा बेहोर्न सक्ने गरी करको दायरा बढाउने र कर प्रशासनमा व्यापक सुधार गर्दै त्यसलाई सुदृढ गर्ने पनि एकीकृत समाजवादीको संकल्प छ ।
सेयर गर्नुहोस्

















