प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ ।
एमालले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो ।
उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ ।
सेयर गर्नुहोस्






















