हेटौडा-आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि बिहीबार वाचापत्र सार्वजनिक गर्ने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टीहरुले भने यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
सेयर गर्नुहोस्






















