हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा भएको निःशुल्क आँखा शिविरमा २१० जनाले आँखा परीक्षण गराएका छन् । राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपाल, नेपाल नेत्र ज्योति संघको संयुक्त आयोजनामा भएको आँखा शिविरमा नेत्र रोग बिशेषज्ञ डाक्टरहरुले सेवा दिएका हुन् । प्रस्तावित श्री कृपालु अस्पताल हटिया १७ वडा कार्यालय नजिकै जुरेथुममा भएको शिविरमा नेपाल आँखा अस्पताल सिमराको प्राविधिक सहयोग रहेको थियो । नेपाल आँखा अस्पताल सिमराका डाक्टर कल्याण ढुङ्गाना, डाक्टर मुकेश दराई, आँखा स्वास्थ्य सहयोगी साजन प्रसाद यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्वास्थ्यकर्मी अस्मिता काफ्ले, भक्तपुर अस्पतालकाकी स्वास्थ्यकर्मी अस्मिता पौडेलद्वारा बिरामीको आँखा परिक्षण गरिनुका साथै निशुल्क औषधि समेत वितरण गरेका थिए । प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिदै आएको निरोज निरौंलाले जानकारी दिए ।
शिविरमा २१० जनाको आँखा परीक्षण
सेयर गर्नुहोस्