४० जनाले गरे रक्तदान

हेटौंडा टुडे
१९ कार्तिक २०७९, शनिबार २२:३२

युवा रेडक्रस सर्कल हेटौंडा एवं नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले हेटौंडा आकष्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हेटौंडामा रगतको चरम अभाव भइरहेको अबस्थामा हेटौंडा उपशाखाले शनिवार हेटौंडाको पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । हेटौंडाका विभिन्न अस्पताल एवं रक्तसञ्चार केन्द्रमा रगतको अभाव भैरहेकाले आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले बताउनुभयो ।

युवा रेडक्रस सर्कल, हेटौंडाका अध्यक्ष सुजन खतिवडाको अध्यक्षता एवं रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको प्रमुख आतिथ्यतामा सपन्न भएको कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य जगन्नाथ पान्डे, उपशाखाका सचिब किशन घिसिङ्ग, सल्लाहकार हरि प्रसाद रिजाल लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*