मनहरीमा बसको ठक्करबाट गोलेको मृत्यु

हेटौंडा टुडे
२१ कार्तिक २०७९, सोमबार १०:२७

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार बिहान राजमार्ग अन्तर्गत मनहरी (६ सुनाचुरी काकरभित्ताबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चाललको मृत्यु भएको हो। मृत्यु हुनेमा मनहरी(६ नयाँबस्तीका अन्दाजी २९।३० बर्षीय अविनाश गोले रहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले बताएका छन् । गोलेको घटनास्थलमै ज्यान गएको जनाइएको छ। बस प्रहरी चौकी सुनाचुरीको नियन्त्रणमा रहेको र बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*