हेटौंडा ।। सत्ता गठबन्धनको नेकपा एसबाट मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडाले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रह बमोजिम मकवानपुर प्रहरीले हेटौंडा २ का पुरुषोत्तम खड्कालाई आज छाडिदिएको छ ।
पूर्वस्वाथ्य तथा जनसख्यामन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका-४ मसिनेमा चुनावी सभामा गएका बेला हिजो मंगलबार मादक पदार्थ सेवन गरेका खड्काले दुव्र्यबहार गरेका थिए ।
आफूलाई दुव्र्यबहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेद्वार खतिवडाले आजै मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए । खतिवडाको आग्रह बमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रबक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
सेयर गर्नुहोस्