निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटिँदै

हेटौंडा टुडे
२४ कार्तिक २०७९, बिहीबार १०:४४

हेटौडा-निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि २ लाख ४६ हजार ९ सय कर्मचारी खटाउने तयारी गरेको छ ।

आयोगले केन्द्रीय कार्यालय, ७ प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्यसमेतका लागि सुरक्षा निकायबाहेक २ लाख ४६ हजार ९ सय कर्मचारी खटाउन लागेको हो ।

आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू संचालन भइरहेको आयोगका उपसचिव कमल ज्ञवालीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*