मतदाताको आवश्यकाता मेरो प्राथमिकता: आनन्दराम

हेटौंडा टुडे
२५ कार्तिक २०७९, शुक्रबार १५:५९

हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर-१ प्रदेशसभा १(ख) का उम्मेदवार आनन्दराम पराजुलीले मतदाताको आधारभूत आवश्यकता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

लोकतान्त्रिक बाम गठबन्धनले हेटौंडा-१२ घिसिङ टोलमा शुक्रबार आयोजना गरेको चुनावीसभालाई सम्बोधनका क्रममा पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन्। उनले सभालाई सम्वोधनका क्रममा मतदाताको मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताए।

‘चुनाव जितेर जाने,जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु बराबर हो’-पराजुलीले भने। आनन्दरामले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफु सधै जनताको दु:ख र सुखमा कहिलै पछि नहट्ने बताए। पराजुलीले सभामा निर्वाचन हारेपनि जितेपनि निरन्तर जनतामाझ रहने उदघोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउन अपील गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*