हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते मकवानपुरका मकवानपुर क्षेत्र नम्बर २ ९ख० स्तरीय आमसभाको तयारी गरेको छ ।मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ ९ख० प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ९ख० का सभापति एवम् गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले निर्वाचन प्रचारप्रसारको अन्तिम दिन मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको जानकारी दिँदै सभामा प्रदेश क्षेत्रका ३० वटै वडाबाट गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतलाई निम्त्याउने तयारी भइरहेको पनि कालाखेतीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ ९ख० का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिश्चित भएको बताए । निर्वाचन तयारीको क्रममा आम नागरिकको घरदैलोमा पुगिरहेको भन्दै उनीहरुले गठबन्धनकै पक्षमा मतदान गर्नेमा विश्वस्त भएको बानियाँले बताए । ‘बिगतको स्थानीय तहको नतिजालाई हेर्ने हो भने पनि मेरो क्षेत्रका ३० वटा वडामध्ये २३ वटा वडामा गठबन्धन दल विजयी भएको छ । सोही मतलाई आधार मान्दा पनि धेरै अन्तरमा हाम्रो जीत हुने सुनिश्चित भइसकेको छ ।’ बानियाँले भने ।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तान, माओवादी नेता बीरबहादुर घलान –ज्वाला०, रेखा पुलामीलगायतकाको उपस्थिति रहेको थियो ।