गठबन्धन सरकार बन्ने वित्तिकै लालपुर्जा वितरण प्रक्रिया सुरु गर्छौ : पुलामी

हेटौंडा टुडे
२९ कार्तिक २०७९, मंगलवार १७:४३

हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ९क० का उम्मेदवार प्रेम बहादुर पुलामी ९छिन्तु० ले गठबन्धन सरकार बन्ने वित्तिकै पहिलो प्राथमिकतामा लालपुर्जा वितरण प्रक्रियामा सुरु गरिने बताउनुभयो । मंगलबार बकैया गाउँपालिका वडा नम्बर २ स्थित तिनभंगालेमा आयोजित चुनाबीसभामा बोल्दै छिन्तुले यस क्षेत्रमा अधिकांश जनता भूमिहिन भएकाले गठबन्धन सरकार बन्ने वित्तिक्कै आफुले लालपुर्जा वितरण प्रक्रियामा पहल गरिने दाबी गर्नुभयो । उम्मेदवार छिन्तुले मुलुकको विकास र समृद्धि गर्ने जिम्मेवारी लोकतान्त्रिक बाम गठबन्धनकै भएकाले भ्रममा नपरी गठबन्धनको चुनाव चिन्ह रुख र गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । अहिले विभिन्न प्रलोभन देखाएर जनताको अधिकार लुट्न प्रतिगामीहरु सल्बलाएको भन्दै उहाँले यस्ता प्रतिगामीहरुलाई बेलैमा चिनेर परास्त गर्नुपर्ने बताउनुभयो ।

उम्मेदवार छिन्तुले यहाँ सडक, कृषि , स्वास्थ्य , शिक्षा, रोजगारी लगायत क्षेत्रमा समस्या रहेको बताउँदै प्रदेश सरकारको पहलमा विकासको मूल फुटाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साथै उहाँले मंसिर ४ गते हुने निर्वाचनमा मतदाता र बुथ सुरक्षाका लागि तयारी अवस्थामा रहन गठबन्धनका युवाहरुलाई निर्देशन समेत दिनुभयो । गठबन्धनका बकैया वडा नम्बर २ का प्रचारप्रसार संयोजक अशोक जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी बागमती प्रदेश सदस्य सुमन पाख्रिन, जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल र नेकपा एकिकृत समाजवादीका नारायण तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*