नवलपरासी पूर्व क्षेत्र नं २ का दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी

हेटौंडा टुडे
७ मंसिर २०७९, बुधबार ११:२०

हेटौंडा | नवलपरासी पूर्व क्षेत्र नं २ का दुवै प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्।

क्षेत्र नं २ (१) र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका छन्।

प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्।

यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*