हेटौडा । चितवन क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब साढे ७ हजार मतको अग्रता लिएका छन्। निकटम प्रतिद्वन्दी नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अन्तर उनले बढाएर ७ हजार ३९२ पुर्याएका हुन्। २७ हजार ४९४ मतगणना हुँदा रविले ७ हजार ३९२ मतको अग्रता लिएका हुन्।
रविले १३ हजार ६४१ मत पाइसकेका छन्। त्यहाँ उनलाई भरतपुरको सहरी क्षेत्रबाट एकछापे मत खसिरहेको छ। एमालेका पोखरेलले ६ हजार २४९ मत ल्याएका छन्। सत्ता गठबन्धनबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन्।
सेयर गर्नुहोस्





















