हेटौंडा | कास्की निर्वाचन क्षेत्र नम्ब ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्।
सत्ता गठबन्धन नेकपा माओवादीका उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतको अन्तरले पछि पार्दै उनी विजयी भएका हुन्।
गुरुङले १४ हजार ४ सय ७३ मत ल्याउँदा सत्ता गठबन्धन नेकपा माओवादीका उम्मेदवार भण्डारीले ९ हजार ६ सय ६२ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे।
विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय गुरुङ २०६९ सालमा एमाले छाडेर संघीय समाजवादीमा लागेका थिए। पहिचानको राजनीतिका लागि समाजबादीमा गएका गुरुङ गत फागुनमा एमालेमा फर्केका थिए।
सेयर गर्नुहोस्






















