मकवानपुर १ को प्रदेश सभा (ख) मा एकालाल श्रेष्ठ विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ७, बुधबार २१:५५ गते

हेटौंडा । मकवानपुर १ को प्रदेश सभा (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् ।

उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतले पराजित गरेका हुन् । सो क्षेत्रमा ४५ हजार २५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २२५ मत पाउँदा पराजुलीले १३ हजार ३५६ मत पाएका हुन् ।

त्यस्तै राप्रपाका गुन्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत पाएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*