धादिङ २ (क)मा कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार १२:३३ गते

हेटौंडा|  धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा (क)मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन्।

नेकपा एमालेका डा. रामकुमार अधिकारीलाई दुई हजार ९९७ मतले पराजित गर्दै सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेसका लम्साल विजयी भएका हुन्। एमालेका अधिकारीलाई राप्रपाको समर्थन थियो। यो क्षेत्रमा खसेको कुल ३८ हजार ३०१ मतमध्ये लम्सालले १९ हजार ४१९ मत प्राप्त गर्दा अधिकारीले १६ हजार ४२२ मत पाए। यहाँ एक हजार २०६ मत बदर भएको छ।

मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार रहेका शालिकराम थापा मगर (कुखुराको भाले)ले एक हजार १३ मत पाएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारहरु दयाराम लम्साल र खड्क कुमारी सापकोटाले क्रमशः १४२ र ९९ मत प्राप्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*