कञ्चनपुर १प्रदेश (२)मा कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार १३:०४ गते

हेटौंडा | कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिवान सिंह विष्ट विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयको अन्तिम मतरिणमअनुसार विष्ट आठ हजार ५ सय २० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पल्लवराज भट्टले सात हजार ६०३ मत ल्याएका छन्। विष्टले भट्टभन्दा  ९ सय १७ मतको अन्तरले विजयी भएका छन्।

नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार ५०२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरीले ३६५,नेपाल मजदुर किसान पार्टीका हर्क बहादुर क्षेत्रीले ७८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धिरज बिक्रम सिंहले एक हजार ४ सय ३५ मत ल्याएको छ।

यसैगरी, स्वतन्त्र टेक बहादुर साउदले ५ हजार ७ सय १३ र स्वतन्त्र नेत्रला चौधरीले ९ सय २६ मत ल्याएको छ।  निर्वाचन अकिृत कृष्णप्रसाद नेपालका अनुसार प्रदेश सभा तर्फको सो निर्वाचन क्षेत्रमा ४९ हजार ४ सय ५९ मतदाता रहेकोमा जस मध्ये ३१ हजार ६ सय ४२ मत खसेका थिए। खसेका मत मध्ये १ हजार ५ सय  मत बदर भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*