चितवन क्षेत्र नं १ बाट रास्वपाका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार १७:०१ गते

हेटौंडा | चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार ५८१ मतले पछि पर्नुहुँदै ढकाल विजयी हुनुभएको हो ।

ढकालले ३४ हजार १८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार ६०८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९०९ मत प्राप्त गर्नुभयो ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये तीन हजार ६२१ मत बदर भई ९१ हजार ४२० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*