रुपन्देहीबाट प्रदेशसभामा राप्रपाका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार १०:४९ गते

हेटौंडा | रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ६ सय ५१ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*