धनुषा-३ बाट एमालेकी उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार ११:०७ गते

हेटौंडा | धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ।

महतो पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे। महतोले ३३ हजार ३८८ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत मात्रै पाउनु भएकाे छ।

पूर्व मन्त्री समेत रहेकी महताे  यसअघि एमालेको समानुपातिक कोटाबाट दुईपटक सांसद हुनु भएकाे थियाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*