कास्की ३ प्रतिनिधिसभामा एमालेका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार १३:०४ गते

हेटौंडा | कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यकालागि भएको निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन्। बैरागीले सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका राजमी बराल जिवनलाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै पहिलो पटक प्रतिनिधि सभाको यात्रा तय गरेका हुन्।

पौडेलले २२ हजार ९८० मत ल्याउँदा गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका माओवादीका बरालले १७ हजार ५३५ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याएर तेस्रो भए। राष्ट्रिय प्रजातन्त्र पार्टीका जगत प्रसाद सुवेदीले २ हजार ४४२ मत ल्याएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*