सिरहा–४ मा जसपाका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार १३:२६ गते

हेटौंडा|  सिरहा–४ बाट प्रतिनिधि सभा सदस्यमा जसपाबाट डा. वीरेन्द्रप्रसाद महतो विजयी हुनुभएको छ ।

उहाँले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८ सय ८ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

महतोले २४ हजार १ सय २ मत प्राप्त गर्दा प्रतिस्पर्धी जनमत पार्टीका साहले १६ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो । महतोलाई एमालेको समर्थन थियो । सत्ता गढबन्धनबाट उम्मेदवार एकीकृत समाजवादीका धर्मनाथ साहले १४ हजार ६५३ मत गर्नुभयो ।

सिरहा–४ मा विजयी महतो २०७० सालको दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*