स्याङ्जा १ मा कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ९, शुक्रबार १५:५६ गते

हेटौंडा | स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन्। उनी २ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बनेका हुन्।

थापाले  ३१ हजार ९९९  मत पाउँदा मरासिनीले  २८ हजार ७४४ मत  पाए। यसैगरी, तेस्रोमा स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले  ६ हजार ६५ मत  पाए।

थापा लोकतान्त्रिक बामगठबन्धनतर्फका साझा उम्मेदवार हुन्। मतगणनादेखिको अग्रता उनले अन्त्यसम्म कायमै राखे।

थापा र मरासिनीबीचको प्रतिस्पर्धा लगातार तेस्रो पटकको हो। उनीहरु २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघीय निर्वाचन र हालसम्म प्रतिस्पर्धी रहे।

दोस्रोपटक सम्पन्न २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसतर्फका उम्मेदवार थापा यही क्षेत्रबाट विजयी भएका थिए। त्यसपछिको २०७४ सालको संघीय निर्वाचनमा गठबन्धनसहित नेकपा एमालेका मरासिनी निर्वाचित भएका थिए।

दुई संघीय निर्वाचन क्षेत्र रहेको क्षेत्र नं. १ मा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*