बागमती प्रदेशमा मानव अधिकार उलंघनको ३३ उजुरी

हेटौंडा टुडे
२०७९ मंसिर १८, आईतवार ११:२६ गते

हेटौडा । बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ वटा उजुरी परेको छ । देशभरमा १०१ वटा उजुरी मध्ये बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको जनाइएको छ । प्रदेशको १३ जिल्लाबाट उजुरी पर्दा सबैभन्दा बढी काठमाडौंको उजुरी परेको देखिन्छ । काठमाडौंमा ८ वटा, ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।

त्यस्तै, सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २र२ वटा,रामेछापको १ वटा उजुरी परेको बताए । मकवानपुर सहित रसुवा, सिन्धुली र भक्तपुरबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले बताएका छन् । प्रदेश कार्यालय हेटौंडाले विहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८र०७९ को मानवअधिकारको अवस्थाबारेको रिर्पोट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिइएको थियो ।

आयोगमा उजुरी हालेपनि कार्यान्वयनको पक्ष भने फितलो हुँदा न्यायको अनुभव कम हुने गरेको अधिकारीले बताए । उनले उजुरीको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिइएको बताएका छन् । उनले नेपालमा आयोगमा परेका उजुरी मध्ये १०।५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याईएको बताए ।

प्रदेशमा नागरिक तथा राजनितिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार, यातना विरुद्धको अधिकार, महिला तथा बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, आप्रवासी कामदार, जेष्ठनागरिकको अधिकार, मानव वेचविखन, वातावरणको अधिकार सम्बन्धी उजुरी पर्ने गरेको अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले आयोगलाई आवश्यक सुझाव तथा आगामी दिनहरुमा कसरी सँगै अघि बढ्ने विषयमा छलफल समेत गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*