हेटौंडा | प्रतिनिधिसभा अन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ३१ हजार ४६६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) कि उम्मेदवार पद्मा अर्यालले भन्दा ५ हजार ६ सय २७ मत बढी ल्याएर गुरुङ विजयी भएका हुन् ।
पराजित अर्यालले २५ हजार ८३९ मत ल्याइन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार ११३ मत पाएका छन्।
सेयर गर्नुहोस्






















