प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सम्पन्न

हेटौंडा टुडे
२०७९ मंसिर १९, सोमबार १४:१७ गते

 हेटौंडा | मंसिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना सम्पन्न भएको छ । सोमबार बिहान दोलखाबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको हो ।

सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो द लबनेको हो ।

यस्तै, दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ भने नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो, नेकपा एकीकृत समाजवादीले १० सिट जित्दै चौथो दल बनेको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राप्रपा ७, जसपा ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*