जनमत पार्टीका अध्यक्ष र नेपाल समाजवादीका अध्यक्षबीच भेट

हेटौंडा टुडे
२०७९ मंसिर १९, सोमबार १५:२१ गते

हेटौंडा  | जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।

प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले सोमबार भट्टराईलाई भेटेका हुन्।

राउत र आफूबीच भेटघाट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले जनाएका छन्।

‘जनमत पार्टीका अध्यक्ष डा.सि के राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत साबित भएकोमा खुसी’, उनले लेखेका छन्।

यसअघि उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का,माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि, नेता प्रभु साहसँग भेटघाट गरिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*