एमाले केन्द्रीय सचिवालयको बैठक आज शुक्रबार दिउँसो १ बजे बस्दै

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार १२:१९ गते

हेटौंडा|  नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धमा तल्लो तहबाट मङ्सिर २९ गतेसम्म रिपोर्ट पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । आज सामान्य छलफल भएपनि त्यसपछि निर्वाचनको ठोस रुपमा समिक्षा हुने उहाँको भनाइ छ ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट सङ्ख्या प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*