नेसपा र माओवादीका अध्यक्षसँग कांग्रेस नेता पौडेलको भेटवार्ता

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार १६:०० गते

हेटौंडा | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् । शुक्रबार पौडेलले माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्रराय यादवसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूसँग गठबन्धनको निरन्तरताका विषयमा कुराकानी भएको पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘गठबन्धनलाई सुदृढ बनाएर लाने र गठबन्धनमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।’  प्रधानमन्त्रीका आकांक्षी पौडेलले प्रचण्ड, बाबुराम र महिन्द्रराय यादवसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । आफूप्रति उनीहरूको सदभाव रहेको पौडेलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*