प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी नेता रामचन्द्र पौडेलबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ मंसिर २८, बुधबार १४:३९ गते

हेटौंडा| नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको जनाइएको छ।

नेता पौडेलले एउटा कार्यक्रमको लागि निमन्त्रणा गर्न प्रधानमन्त्री देउवालाई भेटेको नेपाल लाइभलाई बताए। ‘शुक्रबार मलाई एउटा अन्तर्राष्ट्रिय स्तरको सम्मान दिने कार्यक्रम छ,’ नेता पौडेलले भने, ‘त्यसकै लागि उहाँलाई निमन्त्रण दिन गएको हुँ।’

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेकाले नयाँ सरकार गठन र पार्टीको आन्तरिक कुराहरुमाथि पनि समान्य छलफल भएको पौडेलले बताए।

पछिल्ले समयमा नेता पौडेल काग्रेसको संसदीय दलको नेतामा दावी गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*