कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार १०:४९ गते

हेटौंडा| कञ्चनपुरमा आज बिहान बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । बिहान पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्वरको बसले ठक्कर दिँदा साइकलयात्री विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार, महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो ।प्रहरीले बस चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*