पुस ७ गते प्रतिनिधि सभाका सांसदहरुको शपथ

हेटौंडा टुडे
२०७९ पुष ४, सोमबार १४:४४ गते

हेटौंडा | नयाँ सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पुस ७ गते १ बजे सपथको समय तोकिएको जानकारी दिए ।

संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई सपथ गराउनेगरी तयारी भएको संसद सचिवालयले जनाएको छ । सांसदहरुको सपथ हालको संसद भवन रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गराइनेछ । तर, जेष्ठ सदस्य को भन्ने टुंगो लागिनसकेको सचिव योगीले जानकारी दिए ।

‘हामी आयोगले उपलव्ध गराएको सांसदहरुको उमेर खुल्ने विवरण अध्ययन गरिरहेका छौं । आज बेलुकासम्म जेयष्ठ सदस्य पहिचान गर्ने र राष्ट्रपतिलाई ति सदस्यको शपथका लागि पत्र पठाउँछौं’, योगीले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनुहुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*