महामन्त्री गगन थापाद्वारा उम्मेदवारी दर्ता

हेटौंडा टुडे
२०७९ पुष ५, मंगलवार १६:२२ गते

हेटौंडा | नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो संसदीय दलको कार्यालयमा गएर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् ।

शेखर कोइरालाको प्रस्ताव तथा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थनमा गगनले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन कोइराला पनि सिंहदरबार पुगेका थिए । संस्थापन पक्षको तर्फबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*