हेटौंडा| लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए ।
संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद निर्वाचित भएका छन् ।
सेयर गर्नुहोस्






















