हेटौंडा| राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ। राप्रपाको पार्टी कार्यालयमा बुधबार दुईबीच भेटवार्ता गरेका हुन्।
उनीहरूबीच सत्ता समीकरणका विषयमा पनि छलफल भएको बताइएको छ। अमेरिकी राजदूत थम्पसनले संसदीय दलको नेता चयन भएकामा अध्यक्ष लिङ्देनलाई बधाइसमेत दिएका थिए।
केही दिनअघि चिनियाँ पक्षले पनि अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका थिए।
सेयर गर्नुहोस्






















