हेटौंडामा लागूऔषध सहित दुई जना पक्राउ

हेटौंडा टुडे
७ पुष २०७९, बिहीबार १०:३८

हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ। बुधबार दिउँसो हेटौडा(१२ तर्फको भोर्ले जाने भित्री सडक खण्डमा लागूऔषध कारोबार भइरहेको छ भन्ने बिशेष सुचनाको प्रहरी टोलीले दुई जना युवकलाई लागु औषध सहित पक्राउ गरेको हो।

बिशेष सुचनाको आधारमा जिप्रका मकवानपुरबाट खटि गएको प्रहरी निरीक्षक बिक्रम खड्का मगर नेतृत्वको टोली पैदल हिडिरहेको सोही स्थान बस्ने २१ बर्षीय अबिन थिङलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको झोला नुरफिन ५० एम्पुल, डाईजोपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल फेला परेको र निजको बयानको आधारमा सोही स्थान बस्ने ३४ बर्षीय प्रताप घालानलाई पनि नियन्त्रणमा लिदा नुरफिन ५४ एम्पुल, डाईजोपाम ६३ एम्पुल, फेनारगन ५७ एम्पुल फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*