लामिछानेको पुनरावेदनमा आज सुनुवाइ नहुने

हेटौंडा टुडे
२०७९ पुष ७, बिहीबार १३:३६ गते

हेटौंडा| नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्।

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।

सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*