सिरहामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष ७, बिहीबार १७:२८ गते

हेटौंडा| सिरहामा मोटरसाइकल पल्टिएर भएकाे दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् ।

मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*