बाबुराम दम्पतीले दिए प्रचण्डलाई बधाई

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार ११:०५ गते

हेटौडा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पतीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् । भेटपछि ट्वीटर उनले सहकार्य गर्न आग्रह पनि गरेका छन् । उनले( ‘क। प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ।’( भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*